प्रचण्डलाई विश्वासको मत दिन काङ्ग्रेसलाई माओवादीको आग्रह

विहीबार, २१ पुस २०७९
नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन नेपाली काङ्ग्रेसलाई अनुरोध गरेको छ । माओवादीले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पक्षमा कांग्रेससँग विश्वासको मत मागेको हो । माओवादीका नेताहरूले कांग्रेस सभापति शेरबहादुर देउवा र अन्य दोस्रो तहका नेताहरूलाई छुट्टाछुट्टै भेटेर विश्वासको मत दिन आग्रह गरेको बताइएको छ। भेटका क्रममा माओवादीका नेताहरूले सरकारलाई पुस २६ गते बस्ने संसद बैठकमा विश्वासको मत दिन र राष्ट्रिय सहमतिको सरकार बनाउनेतर्फ अग्रसर हुन आग्रह गरेका हुन् । स्रोतका अनुसार माओवादी केन्द्रका नेता जनार्दन शर्मा बुधवार देउवालाई भेट्न देउवा निवास धुम्बाराही पुगेका थिए । सो क्रममा उनले प्रचण्डलाई विश्वासको मत दिन आग्रह गर्दै राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि अग्रसर हुन आग्रह गरेका थिए । देउवाले पनि आजै आफू निकटस्थ शीर्ष नेताहरुसँग पनि यसबारे परामर्श गरेको बताइको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार