नारायण गोपाल स्मृती साँझमा राजेशको प्रस्तुती रहने 

मंगलबार, १२ मंसिर २०८०
इलाम :  नारायण गोपाल स्मृती साँझ हुने भएको छ । साँझमा गायक राजेश चाम्लिङ्गको एकल सांगितिक प्रस्तुती रहने छ । आगामी मंसिर २२ गते इलाम सदरमुकाम स्थित जिल्ला समन्वय समितिको हलमा सो कार्यक्रम गरिने बताईको छ । सांगितिक साँझमा गायक चाम्लिङ्गले स्वर्गिय नारायण गोपालका करिव दुई दर्जन गितहरु गाउने छन् । स्वर सम्राटलाई सम्झिएर उनकै गित गाउन पाउँला आफुलाई खुसी लागेको गायक चाम्लिङ्गले बताए । इलाम साहित्य सँस्कृति तथा कला प्रतिष्ठान द्वारा कार्यक्रमको आयोजना गरिएको हो । गायक चाम्लिङले एउटा मान्छेको मायाले, मेरो आँखालाई, मेरो गाउँ, मान्छेको माया यहाँ लगायतका गितहरु गाउने जनाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार