पशुमा लम्पी रोग लागेर थलिएका किसानलाई दिएन सरकारले राहत

बुधबार, २० मंसिर २०८०
बिराटनगर: केही स्थानिय तहले सामान्य राहत दिए पनि पशुमा लम्पी स्किन रोग लागेका किसानलाई सरकारले राहत दिएको छैन । रोगबाट आधा अर्ब रूपैयाँभन्दा बढी क्षति भए पनि किसानले कुनै राहत पाएका छैनन् । लम्पी स्किन महामारीले ७७ वटै जिल्लाका पशु चौपायाको मृत्यु एवम् संक्रमण भई क्षति व्यहोर्नु पनि सरकार मुकदर्शक बनेर बसेको किसानको गुनासो छ। अर्बौं रूपैयाँ क्षति हुँदा पनि किसानले राज्य छ भन्ने अनुभूति गर्न नपाएको कृषक समूह महासंघ नेपालका संस्थापक अध्यक्ष उद्धव अधिकारीले बताए। लम्पीले पशुको मृत्यु तथा संक्रमित भएर अर्बौं क्षति हुँदा पनि सरकारले कुनै राहतका कार्यक्रम ल्याएन । किसानलाई तत्काल राहतको प्याकेज ल्याउनु पर्ने किसानहरुको माग छ । अर्बौं रूपैयाँ क्षति हुँदा पनि किसानले राज्य छ भन्ने अनुभूति गर्न नपाएको कृषक समूह महासंघ नेपालका संस्थापक अध्यक्ष उद्धव अधिकारीले बताए। नेपाल पशु चिकित्सा परिषद्को अध्ययन अनुसार मुलुकभर ६४ अर्ब रूपैयाँ बढीको क्षति भएको अनुमान छ। लम्पी स्किनको कारण दूध उत्पादन तथा मासु उत्पादनमा गिरावट, प्रजननमा समस्या आउने, अतिरिक्त दाना खुवाउनुपर्ने, गाई, भैंसी तुहिने, बेतान्तर लगायतका समस्या सिर्जना हुँदा किसानलाई क्षति पुगेको छ। मृत्यु भएका किसानको पनि बिमा नभएकाले किसान मर्कामा परेका हुन्। ग्रामीण क्षेत्रका किसानले पशुको बिमासमेत नगरेकाले धेरै क्षति व्यहोर्नुपरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ पशु चिकित्सक तपेन्द्रप्रसाद बोहराले बताए। १३ लाख पशु संक्रमित हुँदा पनि प्रभावकारी रूपमा रोग नियन्त्रणको पहल नभएको भन्दै आलोचना भएको थियो। महामारी नियन्त्रणका लागि ४७ करोड रूपैयाँ रकम विनियोजन गरेको कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुसालले बताए। लम्पीबाट ५२ हजार चार सय ४८ पशुको मृत्यु भएको छ। मन्त्रालयका अनुसार एक लाख पाँच हजार दुई सय ५३ पशु बिरामी अवस्थामा रहेका छन्। रोग नियन्त्रण गर्न सरकारले जोर्डन, तान्जानिया र टर्कीबाट १३ लाख ६९ हजार डोज भ्याक्सिन ल्याएको जनाइएको छ। ल्याएको खोपमध्ये सात लाख ६ हजार चार सय पशुमा भ्याक्सिन लगाएको मन्त्रालयले जनाएको छ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार