बैठक बस्दै माओवादी केन्द्रको संसदीय दल, पार्टी एकताका बिषयमा छलफल हुने

आइतबार, २४ पुस २०७९
नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ । सरकारले विश्वासको मत दिने दिन नजिकिँदै गर्दा सोको तयारीका बारेमा छलफल गर्न बैठक बस्न लागेको हो । साथै बैठकमा प्रतिनिधि सभाको पहिलो बैठक र समसामयिक राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल हुने बताइएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते विश्वासको मत लिने भएका छन् । संसद् सचिवालयले यसको तयारी गरिरहेको छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार