विराटनगर : मोरङको बेलबारीमा सवारी दुर्घटना हुँदा घाइते भएका चौधरीको मृत्यु भएको छ ।
गत १४ गते बेलबारी ४ धरहरामा गिट्टी लोड गरेको को २ त ८१२० नं को ट्याक्टरमा काम गर्ने सोही ठाउँका ५० वर्षीय अलकछन चौधरी ट्याक्टरको ट्रलीबाट लडी घाइते भएका थिए ।
बाहिरी चोट नभए पनि भित्र छातीमा छोट लागी घाइते भएका उनको न्युरो अस्पताल विराटनगर मा उपचार भई रहेको थियो ।
उनको गए राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।
चालक जिल्ला मोरङ बेलबारी नगरपालिका ५ बस्ने ३५ वर्षीय मनोज खवास फरार रहेका थिए । फरार चालकको खोजी भइरहेको छ ।
तर ट्याक्टर नियन्त्रणमा लिई प्रहरी पोस्ट सोमबारेमा राखिएको जनाइएको छ । मृतकको शव अस्पतालमा नै रहेको जनाइएको छ ।
प्रतिक्रिया