चार जिल्लामा सञ्चालित परियोजना अन्तिम चरणमा 

शुक्रबार, २२ मंसिर २०८०
इलाम मङ्सिर : बालबालिकाको बाल अधिकार संरक्षणका लागि इलाम सहित कोसी प्रदेशका चार पहाडी जिल्लामा सञ्चालन भएको बाल अधिकार संरक्षणका लागि एकबद्धता दोस्रो चरणको परियोजना सम्पन्न भएको छ ।   किन्नर मिसनवेर्क, जर्मनीको सहयोगमा इलाको सन्दकपुर गाउँपालिका, पाँचथरको फिदिम नगरपालिका, ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका र तेह«थुमको छथर गाउँपालिकामा सञ्चालन भएको थियो ।   सन् २०२२ डिसेम्बर देखि सन् २०२३ नोभेम्बर सम्म यो परियोजना चलेको थियो । यो परियोजनाका लागि कुल बजेट ६२ लाख २४ हजार ४ सय रुपैयाँ रहेको थियो । जसमा दातृ निकायबाट ५९ लाख ७१ हजार ७ सय र आन्तरिक २ लाख ५२ हजार ७ सय रुपैयाँ रहेको परियोजनाका प्रमुख रुद्र थेबेले बताए ।   परियोजना मानव अधिकार मञ्च नेपाल इलामले हुकोडेक नेपाल, इसिडिएफ नेपाल, देउराली सोसाइटी संस्था साझेदार रहेका थिए । वाल अधिकार सुनिश्चितताका लागि योजना तथा नीति कार्यान्वयन गर्न स्थानीय सरकारलाई क्रियाशील बनाउनु, स्थानीय सरकारको सेवाको सबलीकरण मार्फत बालबालिकालाई लाभान्वित गर्न सहयोग पुराउने लगायतका उद्देश्य परियोजनाको रहेको मञ्चका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माले बताए ।   परियोजना सम्पन्न भइसक्दा बालबालिका सम्बन्धी एन २०७५ को कार्यान्वयन, पालिकामा बालबालिका सम्बन्धी कार्यविधि निर्माण र कार्यान्वयन, बाल क्लब, बाल सञ्जाल, तथा बालबालिकाले बाल अधिकार र सेवा प्रवाहमा जानकारी पाउन सकेको जस्ता उपलब्धि भएको परियोजना प्रमुख थेबेको भनाई छ ।

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार