सुन्दरहरैँचामा तीनजना सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिदाँ एकको मृत्यु

शनिबार, २३ मंसिर २०८०
सुन्दरहरैँचा : मोरङको सुन्दरहरैँचा नगरपालिका ४ स्थितमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ४५२५ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको को २० प ५८५४ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा २८ वर्षीय विक्रम माझीको मृत्यु भएको हो ।
दुर्घटनामा दुईजना घाइते भएका छन् । मोटरसाइकल चालक सुन्दरहरैँचा ७ का २५ वर्षीय भुपाल मगर र सोही मोटरसाइकलमा पछाडि सवार ३२ वर्षीय भीमबहादुर मगरको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार