इटहरी बजार क्षेत्रका सडकपेटी खाली गराउन उपमहानगरको निर्देशन

सोमबार, २५ पुस २०७९
लामो समयदेखि अस्तव्यस्त इटहरीको मुख्य सडकपेटीलाई इटहरी सरकारले थप व्यवस्थित बनाउने भएको छ । पैदल यात्रुका लागि हिड्न गबनाइएका फुटपाथ ब्यापारीहरूले कब्जा गर्ने क्रम बढेसँगै इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलले सडकपेटी खाली गर्ने निर्देशन दिएका हुन् । सडकपेटीमा व्यापारीहरूले हिड्नै नमिल्ने गरी फुटपाथ पसल तथा पार्किङ राखेका कारण पैदल हिड्न गाह्रो भएर दुर्घटनाको जोखिम मोल्नु परेको भन्दै सडकपेटी खाली गर्ने मेयर पौडेलले निर्देशन दिएका हुन् । बजार क्षेत्रको सडकपेटीको अनुगमन गर्दै मेयर पौडेलले यात्रु हिड्ने सडकपेटीलाई खाली गर्न निर्देशन दिएका हुन् । व्यापारीसँगै सटरवालाले समेत पेटी नै ढाक्ने गरी बाहिर सामान बेच्न राखेपछि पैदलयात्रुलाई समस्या भएको गुनासो बढेकोले आँफू अनुगमनमा निस्किएको मेयर पौडेलले बताए । बजारको ट्राफिक ब्यवस्थापन सुधारोन्मुख भएको पौडेलले बताए । यात्रुहरूलाई हिड्न गाह्रो भएको विषयमा सर्वत्र गुनासो बढेपछि उपमहानगरले नगर प्रहरी, ट्राफिक प्रहरी, सुरक्षाकर्मी, उद्योगी व्यवसायीसहितको टोलीले सडक ‘क्लियर’ गरेको हो । पैदलयात्री हिड्ने पेटी कब्जा गर्न नदिने १ नम्बर क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख (एसपी) श्यामकुमार महतोले बताए । मुख्य बजार क्षेत्रका सडकमा फुटपाथ पसल राख्दा दुर्घट्नाको जोखिम हुने भएकाले हटाइने उनले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार