प्रदेश १ : मुख्यमन्त्री कार्कीको शपथ २ बजे

सोमबार, २५ पुस २०७९
प्रदेश नम्बर १ का नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीको शपथ सोमबार (आज) हुने भएको छ । सोमबार दिउँसो २ बजेका लागि शपथको समय तोकिएको प्रदेश प्रमुखको कार्यालयमा सूचना अधिकारी रामकुमार श्रेष्ठले जानकारी दिए । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाका ६० सांसदको समर्थनमा आइतबार कार्कीले मुख्यमन्त्रीमा दाबी गरेका थिए । सोहीअनुसार उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा नियुक्ति गरेका थिए । मुख्यमन्त्री कार्कीले सानो आकारको मन्त्रिमण्डल पनि आज नै विस्तार गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार