सम्पत्ति कर समायोजनका लागि भन्दै विशेष अधिवेशन माग गरिएको थियो । कर समायोजन गर्ने निर्णय कार्यपालिकाबाट भएसँगै विशेष अधिवेशनको औचित्य सकिएकोले फिर्ता लिएको कार्यपालिका सदस्य सुवेदीले बताए । माग फिर्ता लिएपछि मेयर पौडेलले धन्यवाद दिएका थिए ।कर समायोजनको निर्णय पुस २३ गते हुने भएपछि पुस मसान्तसम्ममा इटहरी उपमहानगरपालिकाको कर सङ्कलन स्थिति निराशाजनक रहने भएको छ । इटहरीका अधिकांश करदाताहरू कर घट्ने आसमा कर नतिरी बसेका छन् । यसअघि इटहरी उपमहानगरपालिकाले पुस मसान्तसम्ममा कर तिर्ने करदातालाई कर छुट दिँदै आएको थियो । छुटको लोभमा पनि धेरैले पुस मसान्तमा कर तिर्ने गरेका थिए । तर यो पटक निर्णय नै ढिलो हुने हुँदा पुस मसान्तसम्म कर छुट दिने प्रावधानलाई यो पटक माघसम्म सार्न कार्यपालिका सदस्य तथा वडा नं. ९ का अध्यक्ष जितेन थापाले माग गरेका थिए । मेयर पौडेलले ऐनमा भएको उक्त व्यवस्थालाई नगर सभाबाटै परिवर्तन गर्न सकिने बताउँदै अर्को कार्यपालिका बैठकमा छलफल गर्ने बताए ।
यसअघि इटहरी उपमहानगरपालिकाले पुस मसान्तसम्ममा कर तिर्ने करदातालाई कर छुट दिँदै आएको थियो । छुटको लोभमा पनि धेरैले पुस मसान्तमा कर तिर्ने गरेका थिए । तर यो पटक निर्णय नै ढिलो हुने हुँदा पुस मसान्तसम्म कर छुट दिने प्रावधानलाई यो पटक माघसम्म सार्न कार्यपालिका सदस्य तथा वडा नं. ९ का अध्यक्ष जितेन बस्नेतले माग गरेका थिए ।
प्रतिक्रिया