शिविरमा इसिजि, इको कार्डियोग्राफी, भिडियो एक्सरे लगायतको सुविधा पनि निशुल्क उपलब्ध गराईएको थियो । शिविरमा १० लाख मूल्य बराबरको औषधी निशुल्क वितरण गरिएको थियो भने परीक्षणका क्रममा थप उपचारका लागि हस्पिटल जानुपर्नै भएमा उनिहरुलाई समेत निशुल्क उपचारको व्यवस्था गरिएको रोटरी क्लब अफ मिडटाउन बिर्तामोडका पुर्व अध्यक्ष तथा कार्यक्रम संयोजक सन्तोष अग्रवालले बताए ।
स्वास्थ्य शिविरमा ९६ वटा पशुको उपचार, २४ जनाको माटो परीक्षण र ५८ कृषकको बालीमा लागेको रोगको उपचार गरिएको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङवोले जानकारी दिए ।
प्रतिक्रिया