झापामा मोटरसाइकल दुर्घटनामा परि एकको ज्यान गएको छ । झापाको मेचीनगर स्थित निन्दा पुलमा भएको मोटरसाइकल दुर्घटनामा हुँदा घाइते भएका चालकको उपचारको क्रममा निधन भएको हो ।
पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे २ प ७०९२ नं. को मोटरसाइकललाई सोहि दिसा तर्फ जाँदै गरेको मे ५ प १९४३ नं. को मोटरसाइकलले ठक्कर दिएको थियो ।
दुर्घटनामा दुवै मोटरसाइकल चालक घाइते भएका थिए । मे २ प ७०९२ नं. को मोटरसाइकल चालक मेचीनगर नगरपालिका-१० बस्ने सुर्य नारायण चौधरीको एन्जल मेडिकल धुलाबारीमा उपचार भई रहेको छ ।
अर्को मे ५ प १९४३ नं. को मोटरसाइकल चालक मेचीनगर नगरपालिका-१ बस्ने वर्ष ३३ को सुसाहाङ नेम्वाङको मृत्यु भएको हो ।
नेम्वाङको टाउकोमा चोट लागेको र उपचारका लागि बिएण्डसी अस्पताल लगिएकोमा निधन भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठककले जानकारी दिएका छन् ।
प्रतिक्रिया