ताप्लेजुङमा हातहतियारसहित दुईजना पक्राउ

विहीबार, १२ पुस २०८०
ताप्लेजुङ /  ताप्लेजुङमा हातहतियारसहित दुई जना पक्राउ परेका छन् । पाथीभरा याङवरक गाउँपालिका–१, त्रिवेणीस्थित जङ्गलबाट विभिन्न हातहतियारसहित सोही गाउँपालिका–१, सेसम्बु बस्ने २४ वर्षीय मौसम खिमदिम समेत दुई जनालाई पक्राउ परेका हुन् । विशेष सूचनाका आधारमा प्रहरी चौकी खेवामाबाट खटिएको प्रहरीले उनीहरूलाई मङ्गलवार राति पक्राउ गरेको हो । उनीहरूको साथबाट दुई नाले भरुवा बन्दुक एक थान, एकनाले भरुवा बन्दुक एक थान, खुकुरी एक थान, मृगको सिङबाट बनेको गुलेली एक थान, मारेको कालिज एक वटा र भरुवा बन्दुकमा प्रयोग हुने विभिन्न सामाग्रीहरू समेत बरामद गरिएको जनाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार