फरार तिस आरोपित नेपाल फर्काइए

शुक्रबार, १३ पुस २०८०
काठमाडौँ / अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) मा नेपाल प्रहरीले आफ्नो भूमिका बढाउँदै लगेका कारण नेपालमा विभिन्न अपराध गरी विदेशका विभिन्न स्थानमा लुकेर बसेका आरोपितलाई नेपाल फिर्ता गराउने क्रम बढेको छ । ठगी तथा सङ्गठित अपराध मुद्दामा इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भई फरार रहेका धनुषा औरही–५ का रजिन्द्र पासवानलाई प्रहरीले कतार प्रहरीसँगको समन्वयमा पक्राउ गरी नेपाल ल्याएको छ । राष्ट्रिय केन्द्रीय ब्युरो (एनसिबी) दोहा, कतार प्रहरीसँगको समन्वयमा पासवानलाई कतारबाटै पक्राउ गरी नेपाल फिर्ता ल्याइएको हो । पासवानलगायत व्यक्तिले पीडितको माछापुच्छ्रे बैङ्ककको खातामा रहेको नौ लाख रुपियाँ अनधिकृत रूपमा ट्रान्सफर गरी उक्त रकम विभिन्न बैङ्कको एटिएम कार्डमार्फत निकालेर प्रयोग गरेका थिए । अनुसन्धानका क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको खुल्न आएको प्रहरीले जनाएको छ । पोखरास्थति सूर्यदर्शन बचत तथा ऋण सहकारीको करिब डेढ अर्ब रुपियाँ हिनामिना गरेको अभियोगमा फरार सोही सहकारीका संस्थापक अध्यक्ष जितेन्द्रबाबु (जिबी) राईसहित सहकारीका पूर्वअध्यक्षद्वय भूपेन्द्र राई र थानबहादुर बुढामगर तथा पूर्वसञ्चालक समिति सदस्य महेन्द्र भोटे भनिने शिवबहादुर गुरुङवरिुद्ध इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गर्न कास्की प्रहरीले प्रहरी प्रधान कार्यालयलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार