नवलपरासी : कैदी छुटाइदिने भन्ने जिल्ला अदालत नवलपरासीमा कार्यरत कम्प्युटर अपरेटर दुई लाख रूपैयाँ घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले बुधबार जिल्ला अदालतका कम्प्युटर अपरेटर राम लखन बनियालाई घुससहित पक्राउ गरेको हो।
बनियाले लागू औषध मुद्दाको पुर्पक्षमा कारागार कार्यालय नवलपरासीको थुनामा रहेका एकजना कैदीलाई छुटाउन सहयोग गरिदिने भन्दै घुस मागेको उजूरी परेको थियो।
सोही उजूरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित टोलीले उनलाई पक्राउ गरेको जनाएको छ ।
अख्तियारको टोलीले वैशाख २४ गते बिहान पाल्हीनन्दन गाउँपालिका–३, बेलासपुर चोकमा बनियालाई दुई लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा घुस सहित नियन्त्रणमा लिएको हो।
अख्तियारले घटनाको थप अुसन्धान गरिरहेको जानकारी दिएको छ।
प्रतिक्रिया