सुन्दरहरैँचाबाट लागूऔषधसहित इटहरीका युवक पक्राउ

शुक्रबार, १३ पुस २०८०
इटहरी । मोरङको सुन्दरहरैँचाबाट लागूऔषधसहित सुनसरीको इटहरी घर भएका युवक पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका–९ का २६ वर्षीय विवेक चौधरी शुक्रबार बिहान पक्राउ परेका हुन् । अस्थायी प्रहरी पोस्ट बलियाबाट खटिएको टोलीले सुन्दरहरैँचा नगरपालिका–५ खोक्सीस्थित बूढी खोला नजिकबाट चौधरीलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ परेका चौधरीको साथबाट लागूऔषध फेनारगन ८ एम्पुल, एभिल र लुपिजेसिक ४ ४ एम्पुल, नाइट्राभेट ५२ पिस, भरेको सिरिन्ज एउटा बरामद भएको छ । साथबाट खुकुरीसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । शंका लागेर प्रहरीले चेकजाँच गर्दा चौधरीको साथबाट लागूऔषध र खुकुरी बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । चौधरीविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार