महिला बचत ऋण सहकारी संस्थाको  २५ औँ वार्षिक साधारण सभा 

शुक्रबार, १३ पुस २०८०
इटहरी :  इटहरीमा रहेर विगत २३ वर्ष देखि सञ्चालन हुदै आएको महिला बचत ऋण सहकारी संस्थाले आफ्नो २६ औँ स्थापना दिवस सम्पन्न गरेको छ । साधारण सभाले नयाँ नेतृत्व समेत चयन गरेको छ । मुना प्रसाईँ तिम्सिनाको अध्यक्षतामा गठित समितिको उपाध्यक्ष पद्मादेवी पन्धाक, सचिव जानुकला तामाङ र कोषाध्यक्ष पुनम थापामगर चयन भएका छन् । सदस्यहरुमा ओमप्रसाद दंगाल, रुद्रमाया भट्टराई, सोभिता पुरी, कमला निरौलाले निर्वाचित भएका छन् । निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको छ । सुनसरी र मोरङ गरी ६ वटा सेवा केन्द्र सञ्चालन गर्दै आएको र १० हजार बढी सदस्य रहेको महिला बचत तथा ऋण सहकारी संस्थाले २६ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको हो । कार्यक्रममा ज्येष्ठ नागरिक समाज नेपाल, इटहरीका अध्यक्ष खगेन्द्र प्रसाद निरौलाको प्रमुख आतिथ्य तथा सहकारीकी निवर्तमान अध्यक्ष अमृता सुब्बाको अध्यक्षता सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि निरौलाले इटहरीमा रहेको यस संस्थाले महिला, वृद्ध तथा बालबालिकाका क्षेत्रमा आर्थिक सहयोग गर्दै आएको भन्दै सो कार्य प्रशंसनीय रहेको उल्लेख गरे । संस्थाको कुल सम्पत्ति ७२ करोड, तीन लाख ४९ हजार दुई सय पाँच रहेको कोषाध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । कार्यक्रममा जिल्ला सहकारी  सङ्घ लिमिटेड इनरुवाका अध्यक्ष गङ्गा प्रसाद ढकाल, बचत तथा ऋण सहकारी सङ्घ लिमिटेड सुनसरीका अध्यक्ष योगमाया सुवेदी, किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सालिकराम ढकाल, राष्ट्रिय सहकारी महासङ्घका सदस्य शिव डाँगी संस्थाका सेयर सदस्य लगायतले आफ्नो भनाइ राखेका थिए । यो सहकारी कोसी प्रदेशकै महिलाहरूले नेतृत्व गरेको  उत्कृष्ट सहकारीका रूपमा लिइने गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार