इलाम / संस्थाको २१ औँ साधारण सभा तथा २४ औँ वार्षिक उत्सवको अवसरमा र लामो समयदेखि स्वास्थ्य सेवा मार्फत योगदान पुर्याएका इलाम अस्पतालका चिकित्सक टीका लुँईटेल र व्यवसायी शर्मिला निरौलालाई सम्मान गरिएको हो ।
सोही अवसरमा एसइई र कक्षा ८ को परीक्षामा उत्कृष्ट विद्यार्थी, असल रिणी, बचतकर्ता लगायत संस्थाले आयोजना गरेको राष्ट्रको विकासमा सहकारीको भूमिका विषयक वक्तृत्वकलाका विजेता तथा उप विजेता विद्यार्थीलाई प्रशंसा-पत्र सहित पुरस्कृत गरिएको थियो ।
इलामको जेठो मध्येको शताब्दीको कूल कारोबार २५ करोड र बचत १३ करोड रुपियाँ रहेको संस्थाका सचिव मोहन विष्टले जानकारी दिए । संस्थामा १६ सय २८ जना आबद्ध छन् ।
संस्थाका अध्यक्ष जीत बहादुर खडकाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि इलाम नगरपालिका कि उपमेयर विष्णु दाहाल, नेपाल पत्रकार महासङ्घ इलामका अध्यक्ष विप्लव भट्टराई, सम्मानित शर्मिला, संस्थाका पूर्व अध्यक्ष रवीन्द्र श्रेष्ठ लगायतले आर्थिक गतिविधि कम हुँदा व्यवसायी र कृषक मारमा परेकाले उनीहरूलाई राहत मिल्ने खालका कार्यक्रम ल्याउनु पर्ने बताए ।
प्रतिक्रिया