आज रिहा हुँदै सन्दिप

शुक्रबार, २९ पुस २०७९
नाबालिका बलात्कार गरेको आरोप लागेर थुनामा रहदै आएका क्रिकेटर सन्दीप लामिछाने आज थुनामुक्त हुँदैछन् । उच्च अदालत पाटनले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएकाले उनी आज थुनामुक्त हुन लागेका हुन् । बिहीबार उच्च अदालत पाटनका न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । लामिछानेलाई जिल्ला अदालत काठमाडौंले गत कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । सो आदेश अनुसार उनी केन्द्रीय कारागारमा छन् । जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए । उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार