आज भूतप उल्का वर्षा हुने, नांगो आँखाले हेर्न मिल्छ ?

विहीबार, १९ पुस २०८०
काठमाडौँ । उल्का वर्षा आज हुने भएको छ । सन् २०२४ को पहिलो उल्का वर्षा आज हुन लागेको हो । नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार आज र भोलि रातमा अत्यधिक मात्रामा बुटिज (भूतप) उल्का वर्षा हुनेछ । उल्का वर्षाको स्रोत बुटिज (भूतप) नामक तारा मण्डलमा भएको जस्तो देखिने भएकाले यसलाई भूतप उल्का वर्षा नाम दिइएको छ । भूतप उल्का वर्षा स्थानीय समयअनुसार आज दिउँसोदेखि अत्यधिक मात्रामा सक्रिय हुनेछ । तर, आँखाले भने बिहीबार राति ११ः३० बजेदेखि शुक्रवार सूर्योदयभन्दा अगाडिसम्म हेर्न सकिनेछ । अत्यधिक उल्का वर्षा हुने समयमा नाङ्गो आँखाले नै आकाशमा हेरेर अवलोकनकर्ताहरूले मनोरञ्जन लिन सक्नेछन् । अत्यधिक उल्का वर्षाको समयमा प्रतिघण्टा ५० देखि १२० वटासम्म उल्का वर्षा हुने अनुमान गरिएको छ । ती आगोका झिल्का जस्तै मध्यम गतिका उल्का वर्षा करिब ७० किलोमिटर माथि वायुमण्डलमा देखिनेछन् । पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कण र चट्टानहरू पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्छन् । यसैलाई उल्का वर्षा भनिन्छ । उल्का वर्षालाई नेपाली जनजिब्रोमा तारा खसेको भनिन्छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार