सूर्यदेवी माविमा अक्षयकोषको स्थापना

आइतबार, २२ पुस २०८०
ताप्लेजुङ / ताप्लेजुङको मेरिङ्देन गाउँपालिका २ सान्थाक्राको सूर्यदेवी माविमा स्थानीय समाजसेवीहरुले डेढ लाख बडीको अक्षयकोष स्थापना गरेका छन् ।  एक कार्यक्रम बिच अक्षयकोष स्थापना गरी विद्यालयलाई हस्तान्तरण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका सदस्य पेम्बा शेर्पाका अनुसार विद्यालयका प्रधानाध्यापक मेरिङ्देन ३ खाम्लुङ निवासी पुण्य प्रसाद भण्डारी तथा श्रीमती मुना बरालले आफ्ना स्वर्गीय हजुरबुवा नै नन्द भण्डारी, हजुर आमा स्वर्गीय हर्कमाया भण्डारी तथा बुवा स्वर्गीय जिवलाल भण्डारी र आमा जानुका भण्डारीको स्मृतिमा रु ५१ हजार १ सय ५१ रुपैयाँ अक्षयकोष प्रदान गरेका छन् । त्यस्तै मेरिङ्देन २ निवासी दोर्जी शेर्पाले आफ्ना स्वर्गीय दाजु लाक्पातेम्बा शेर्पा र छोरा लाकुमार शेर्पाको सम्झनामा रु ५० हजारको अक्षयकोष स्थापना गरेका छन् । सोही वडा निवासी समाजसेवी तथा राजनीतिज्ञ तिल प्रसाद सुब्बाले आफ्ना स्वर्गीय छोरा इन्जिनियर विनोद सुब्बाको नाममा रु ५५ हजार ५ सय ५५ रुपैयाँ कोषलाई प्रदान गरेका छन् ।   भण्डारी, शेर्पा र सुब्बा परिवारबाट विद्यालयलाई कुल १ लाख ५६ हजार ७ सय ६ रुपैयाँको अक्षयकोष प्राप्त भएको छ । प्राप्त रकमको ब्याजबाट विद्यालयमा अध्ययनरत गर्ने विपन्न विद्यार्थीलाई वार्षिक छात्रवृत्ति प्रदान गरिने पनि विद्यालयले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार