पाँचथर - पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेका एक युवाले धारिलो हतियार प्रहार गरि श्रीमतीको हत्या गरेका छन् ।
ससुराली घरमा पारिवारिक झमेला मिलाउन बसिरहेको समयमा श्रीमान् असफल कुरुम्बाङले श्रीमती गोमा फियाकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिए ।
श्रीमतीलाई हतियार प्रहार गर्दा छुट्ट्याउने क्रममा सासु कान्छिमाया र स्थानीय महेन्द्र श्रेष्ठ समेत सख्त घाइते भएको कुशवाहाले जनाए ।
घाइते दुबैलाई उपचारका लागि झापाको बि एण्डसी अस्पताल पठाइएको प्रहरीले बताएको छ ।
हत्यारा कुरम्बाङको घर पाँचथरकै तुम्बेवा गाउँपालिका रहेको जनाइएको छ । हत्या गरेपछि कुरुम्बाङ फरार रहेका कारण खोजी भइरहेको प्रहरीले जनाएको छ ।
उनी मिक्लाजुङबाट घर झगडा मिलाउनका लागि ससुराली आएका थिए ।
पाँच वर्ष अघि पनि सोही गाँउपालिका–७ लुमाङ्दिनका मानबहादुर माखिमले हतियार प्रहार गरि नौ जनाको हत्या गरेका थिए ।
प्रतिक्रिया