इलाम : इलामको माईजोगमाई गाउँपालिकामा फेला परेको बच्चालाई इलाम अस्पतालमा राखिएको छ । माईजोगमाई ३ स्थित ओडारेमा फेला पारिएको बच्चाको स्वास्थ्य परीक्षणका लागि इलाम अस्पतालमा राखिएको हो ।
बिहीबार साँझ फेला परेको बच्चालाई उद्धार गरेर शुक्रवार इलाम अस्पतालमा राखिएको हो ।
जन्मिएकै ३/४ दिनको जस्तो देखिने बच्चालाई कपडा समेत लगाइदिएर कसैले जङ्गलमा छोडेको थियो । बच्चा सहित बट्टामा दूध समेत नजिकै राखिएको अवस्थामा फेला पारिएपछि उद्धार गरेर एक स्थानीयको घरमा राखिएको थियो ।
चिसोका कारण नानीको स्वास्थ्य अवस्थामा समस्या आउने भएकाले पनि अस्पतालमा राखिएको बताइएको छ ।
बच्चा छोड्नेको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।
प्रतिक्रिया