सुन तस्करी प्रकरणमा मुछिएका मन्त्रीले राजीनामा दिन पर्ने माग दोहोर्याउँदै सांसद शर्मा

शनिबार, २८ पुस २०८०
इलाम : नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले सुन तस्करी प्रकरणमा मुछिएका मन्त्रीहरूले राजीनामा दिनु पर्ने दोहोर्याएका छन् । पूर्वी पहाडी जिल्लाको भ्रमणका निस्किएका उनले इलाममा पत्रकारहरूसँग भेटघाट गर्दै सम्बन्धित मन्त्रीहरूले राजीनामा गरी अनुसन्धानको बाटो सहज गर्नुपर्ने दोहोर्याएका हुन् । यो माग पहिला पनि संसदमा राखेका उनले पुन उठाए । उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्न निष्पक्ष छानबिन गर्नु पर्ने उनको भनाई छ । सुन तस्करीको मुख्य दोषी सरकारले अझै फेला नपारेको भन्दै सरकार सञ्चालन गर्नेहरू नै यसमा मुसिएको आसंका जनताले गर्न थालेको उनको भनाई छ । राज्य सञ्चालन गर्ने मान्छेले सुन तस्करीको जिम्मेवारी लिनु पर्ने उनको भनाई छ र साथै भुटानी शरणार्थी प्रकरणको मुख्य योजनाकार समेत पत्ता लगाउनु पर्ने उनको भनाई छ । एक अर्को प्रसङ्गमा उनले इलाममा मेडिकल कलेज सञ्चालन गर्न आफूहरू लागेको बताए । तर कुनै अस्पताल मेडिकल कलेज सञ्चालनका लागि कम्तीमा तीन सय शैया आवश्यक पर्ने भन्दै पहिला इलाम अस्पतालको क्षमता वृद्धि गरेर तीन सय शैयाको बनाउनु पर्ने उनको भनाई छ । पहाडी जिल्ला इलाम र धनकुटामा मेडिकल आवश्यक भएको उनको भनाई छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार