पाँचथर / पाँचथरको मिक्लाजुङ गाँउपालीका–३ आरुबोटको पेकुवामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरी फरार रहेका तुम्बेवा– ५ का असफल भनिने नरोध्वज कुरुम्बाङ पक्राउ परेका छन् ।
हाङ्गुमको पखरे टोलमा शनिवार बिहान पक्राउ गरिएको प्रहरी इन्स्पेक्टर दिवक कुँवरले जानकारी दिए । बाटोमा हिँड्दै गरेको अवस्थामा शनिवार बिहान ७ः४० बजेको समयमा पक्राउ परेका हुन् । उनलाई खोजी गर्न ठुलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
खुकुरी प्रहार गरी श्रीमतीको हत्या, सासू र छिमेकीलाई गम्भीर घाइते बनाएर फरार भएका थिए ।
ससुराली घरमा खुकुरी प्रहारबाट उनकी श्रीमती गोमा फियाकको मृत्यु भएको थियो भने सासू कान्छीमाया फियाक र छिमेकी महेन्द्र श्रेष्ठ घाइते भएका थिए ।
प्रतिक्रिया