पाँचथरमा एक महिलाको सब फेला

आइतबार, २९ पुस २०८०
पाँचथर : फिदिम नगरपालिका ४ गढीमा एक महिलाको सब फेला परेको छ । पाँचथर क्याम्पस जाने सडकको भित्तामा हालै निर्माण गरिएको रिन्जि शेर्पाको घरको भित्तामा सब फेला परेको हो ।
घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । सब पहिचानका लागि काम भइरहेको प्रहरीको भनाई छ । घटनाको प्रकृति हेर्दा अग्लो डिलबाट झरेर महिलाको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।
महिलाको सब भएको माथिको सडकमा चामल, इस्कुस र केही प्लास्टिकहरू छरिएको समेत छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार