विराटनगर : आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईले आगामी कार्य योजनामा बिपद ब्यवस्थापनलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले कुनै पनि संरचना निर्माण गर्दा बिपद व्यवस्थापनलाई समेत प्राथमिकता दिने बताएका हुन् ।
२६ औ राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०८० को अवसरमा मन्त्रालयको सभा हलमा आयोजित अन्तर्क्रियामा उनले यस्तो बताए ।
कार्यक्रममा कोसी प्रदेशका बिपद व्यवस्थापन कार्यकारी विज्ञ रामकुमार दाहालले भूकम्प र त्यसले पुर्याउने जोखिम सम्बन्धमा सैद्धान्तिक, भौगर्भिक,आर्थिक र सामाजिक पक्षलाई समेटेर प्रस्तुतीकरण राखेका थिए ।
बिपद व्यवस्थापनको रणनीतिक योजना पास भैसकेको जनाउँदै विज्ञ द्वारिका प्रसाद घिमिरेले जोखिम कम हुने गरी अघि बढ्नु पर्नेमा जोड दिए ।
प्रतिक्रिया