खोटाङ:विद्यालयबाट घर फर्कदै गरेकी बालिका मृत भेटिइन्

सोमबार, ०२ माघ २०७९
खोटाङमा विद्यालयबाट घर फर्कनेक्रममा वेपत्ता बालिका मृत फेला परेकी छन् । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान काभ्रेकी १७ वर्षीय रञ्जिता दाहाल सोमबार बिहान घरनजिकै खन्युको फेदमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए । । मुकारुङका अनुसार आइतबार दिउँसो घर फर्कनेक्रममा सम्पर्कविहीन बनेकी बालिकाको शव खन्युको फेदमा पासो चुँडिएर खसेको जस्तो अवस्थामा फेला परेको हो । बालिका महेन्द्रोद्धय माबि हलेसीमा कक्षा १० मा अध्ययनरत थिईन् । ३ पुसदेखि विद्यालयमा आयोजित नगरस्तरिय भलिबल, फुटबल र नृत्य प्रतियोगीताको तयारीका लागि रञ्जिता गाउँकै साथीसँग विद्यालय पुगेकी थिईन् । प्रतियोगीताको तयारी सकेपछि उनी साथीसँगै दिउँसो करिव तीन बजेतिर घर फर्केकी थिईन् । बाटैमा पर्ने साथीको घरमा रोटी खान आग्रह गर्दा हतार छ भन्दै रोटी बोकेर हिँडेकी वालिका घरभन्दा करिब दुई सयमिटर टाढा मृत फेला परेकी हुन् । घट्नास्थलमा पातलो सलको टुक्रा घाँटीमा र एक टुक्रा सल रुखको हाँगामा रहेको अवस्थामा शव भेटिएको बताइएको छ । ओठ, आँखा, घाँटीमा चोट देखिएकाले घटना शंकास्पद रहेको डिएसपी मुकारुङले बताए । महादेवस्थानका वडाध्यक्ष कमल गिरीका अनुसार बालिकाको बलातकार पछि हत्या भएको हुन सक्ने अनुमान गरिएको छ । घटनाको वियषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टमपछि बालिकालाई ‘हत्या गरेर झुण्ड्याइएको जस्तो बनाउन खोजिएको वा आफै झुण्डिएको’ विषय खुल्ने डिएसपी मुकारुङले बताए । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीय ज्ञानीमायाँ बिश्वकर्माको हत्या भएको पाँच वर्ष बित्दा समेत दोषी पत्ता लाग्न सकेको छैन । ज्ञानीमायाँ घर नजिकै २०७४ जेठ १६ गते विभत्स अवस्थामा मृत फेला परेकी थिईन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार