पाँच वर्षे रणनीतिक योजना बनाएर काम गर्छु : लिङ्देन

मंगलबार, ०३ माघ २०७९
नवनियुक्त उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्र लिङ्देनले पाँच वर्षे रणनीतिक योजना बनाएर काम गर्ने बताएका छन् । मंगलबार पदभार ग्रहण गर्दै मन्त्री लिङदेनले मुलुकको आवश्यक्ता र प्राथमिकताको आधारमा मन्त्रालयको कार्यसम्पादन गर्न पाँच वर्षे रणनीतिक योजना बनाएर काम गर्ने पहिलो निर्णय भएको बताए । जसका लागि तीन सदस्यीय कार्य दल बनाउने उनले बताए । मन्त्रालयकै सहसचिवको नेतृत्वमा गठन हुने कार्य दलले मन्त्रालयको आवश्यक्ता र प्राथमिकताहरु निर्धारण गर्न र पाँच वर्षे एउटा रणनीतिक योजना बनाउने उनले बताए । आफूले जिम्मेवारी लिएको मन्त्रालयको काम चुनौतीपूर्ण रहेपनि त्यसलाई अवसरमा बदल्ने उनले बताए । सबै मन्त्रालयहरुको आ–आफ्नो ठाउँमा महत्व हुने भन्दै उनले नेपाल जस्तो देशको लागि ऊर्जा मन्त्रालयको जिम्मेवारी पाउनु आफ्नो लागि एउटा महत्वपूर्ण अवसर भएको बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार