त्यस्तै सुनसरी - ४ (१) मा प्रदेस सभा तर्फ निर्वाचित नेपाली कांग्रेसका सदानन्द मण्डल , सुनसरी - १(२) प्रदेस सभा तर्फ निर्वाचित नेकपा एमालेका बिजय राई त्यस्तै समानुपातिक प्रणालीबाट प्रदेस सभामा निर्वाचित नेपाली कांग्रेसकि ममता तामाङ्ग र माओवादी केन्द्रकी सपना परियारलाई भेटेरै औपचारिक रुपमा बराहक्षेत्र नगरपालिकालाई समृद्ध बनाउन चालेको कार्यलाई सहयोग गर्न नगर प्रमुखले कार्कीले आग्रह गरि रहेका छन् ।
नेपाली कांग्रेसबाट निर्वाचित भए पनि नगर प्रमुख कार्कीले सवै जनताको साझा भएर काम गर्ने अठोट लिएका छन् । विकासमा सवैको समान सहभागीता हुनु पर्छ भन्ने भनाईलाई आत्मसाथ गर्दै नगर प्रमुख कार्की काम गरि रहेका छन् ।
शिक्षामा सुधार , स्वास्थ्यमा सबैको पहुँच , भौतिक पुर्वाधार लगायतका कामलाई प्रथामितामा राखेका कार्कीले सबैसँग समन्वय र सल्लाह लिएर मात्र काम गर्ने गरेका छन् ।
बराहक्षेत्रको विकास , समृद्धिकोलागि सबै राजनीतिक दलहरु एक भएर लाग्नु पर्नेमा जोड दिदै आएका नगर प्रमुख कार्की कुनै एउटा राजनैतिक दलको प्रयत्नले मात्र विकास सम्भव नहुने बताउछन् । विकास, समृद्धीका लागि सबैले साझा बुदा बनाउनु पर्ने नगर प्रमुख कार्कीको भनाइ रहेको छ ।
निर्माणाधीन विकास निर्माणमा सबैको चासो र खवरदारी आवश्यक रहेको नगर प्रमुख कार्कीको भनाई रहेको छ।
नगर प्रमुख कार्कीका अनुसार नगरपालिकाले शिक्षा, स्वास्थ्य , रोजगारी , सडक , पुर्वाधार र धार्मिक क्षेत्रको विकासमा योजना बनाएर काम गर्नेछ । यसकालागि सबैको सहयोग चाहिन्छ ।
भौतिक निर्माणको पक्षमा सबै खबरदारी आवश्यक छ । बजेट निर्माण गर्दा सकारात्मक र रचनात्मक सहयोग चाहिन्छ । यसकालागि सबै राजनीति दल, बुद्धिजीवी , शिक्षा सेवि , सरोकारवाला पक्षसंग छलफल र परामर्श लिएर मात्र काम गर्ने नगर प्रमुख कार्की बताउछन् ।
प्रतिक्रिया