यादवले देउवालाई भने विश्वासको मत दिनुस्

बुधबार, ०४ माघ २०७९
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव काँग्रेसका सभापति शेरबहादुर देउवासँग विश्वासको मत मागेका छन्  । मधेश प्रदेश सरकारका मुख्यमन्त्रीका लागि विश्वास मत माग्न अध्यक्ष यादव काँग्रेस सभापति देउवा निवास  पुगेका थिए । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोज यादवले आज त्यहाँको प्रदेश सभामा विश्वासको मत लिने तयारी गरेका छन् । आज बिहान जसपाका अध्यक्ष उपेन्द्र यादव नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई साथमा लिएर सभापति देउवालाई भेट्न धुम्बाराही पुगेका थिए । आफुले देवासँग विश्वासको मत मागेको अध्यक्ष यादवले पुष्टि गरेका छन्  । अध्यक्ष यादवले भने, ‘मधेश प्रदेशमा हाम्रो पार्टीबाट मुख्यमन्त्री बन्नुभएको छ, उहाँलाई विश्वासको मत दिन आग्रह गर्न देउवाजीलाई भेटेको हुँ ।’ मधेश प्रदेशमा एमाले, माओवादी केन्द्र, जनमत पार्टीलगायत दलको समर्थनमा जसपाले मुख्यमन्त्री पाएको छ । जसपाले काँग्रेसको पनि साथ खोजेको हो । माओवादी केन्द्रको नेतृत्वमा गठन भएको सरकारमा जसपा गएको छैन । भागबण्डामा कुरा नमिलेपछि जसपा नेपाल सरकारमा सहभागी भएको छैन ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार