उद्योग वाणिज्य संघ इटहरीको निर्वाचन स्थगित भएको छ ।
आगामी माघ १४ गते निर्वाचनको मिति तोकिएर कार्यतालिका समेत प्रकाशित गरिएपनि निर्वाचन स्थगित भएको हो ।
वैधानिकतामाथि प्रश्न उठेपछि निर्वाचनको मिति स्थगित गरिएको हो ।
निर्वाचन अधिकृत विश्व रिजालले एक सूचना जारी गर्दै तत्काललाई चुनाव स्थगित गरिएको जानकारी दिए । अब साधारणसभाले चुनावको ‘म्याण्डेड’ दिएपछि मात्रै चुनावको कार्यतालिका पुनः प्रकाशन गर्ने उनले बताए ।
साधारणसभा माघ ११ गते हुने भएको छ । उक्त साधारणसभाले चुनावको मिति तोकेपछि मात्र चुनावको नयाँ कार्यतालिका बन्ने बताइएको छ ।
प्रतिक्रिया