मधेशी र थारूलाई राज्यबाटै बहिष्करण गर्न खोजियो -सिके राउत

विहीबार, ०५ माघ २०७९
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मन्त्रपरिषद् विस्तारमा असन्तुष्ट व्यक्त गरेका छन्  । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्दा मधेशी र थारूलाई राज्यबाटै बहिष्करण गरिएको राउतले आरोप लगाएका छन्  । जनमत पार्टीलाई मात्र नभइ जसपा, लोसपा र नाउपा सबैलाई पाखा लगाइएको छ, बुधबार राति ट्वीटर ह्यान्डलमा उनले लेखेका छन्  । कुरा केवल जनमत पार्टीको मात्र होइन,जसपा, लोसपा,जनमत,र नाउपा सबैलाई पाखा लगाउँदै ३ शासकवर्गले बूलडोज गरेको हो, उनको आक्रोश छ । सत्ता साझेदारहरुलाई चरम नश्लवादीको संज्ञा दिँदै मधेशले यसको प्रतिकार गर्ने राउतले बताए । 'चरम नश्लवादीहरूको झुण्ड  पूरै मधेशी र थारूलाई राज्यबाटै बहिष्करण गर्दै, यो देश तिम्रो होइन भन्दै, अधिकार खोस्दै, दमन शोषण गर्न अगाडि बढे़का हुन्।  मधेशले यसको प्रतिकार गर्नेछ,' उनको ट्वीटर ह्यान्डलमा राउतले लेखेका छन्  ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार