न्यौपानेलाई मत दिन एकीकृत समाजवादीको आग्रह

विहीबार, ०५ माघ २०७९
नेकपा एकीकृत समाजवादीले विपक्षी गठबन्धनबाट सभामुखको उम्मेदवार बनेकी ईश्वरीदेवी न्यौपानेको पक्षमा मतदान गर्न आग्रह गरेको छ । सरकारले सहमति गर्न नचाहेकाले आफुहरुले विपक्षी गठबन्धनबाट सभामुखमा उम्मेदवारी दिएकी न्यौपानेलाई मत दिनुपर्ने अवस्थामा आएको सो पार्टीले जनाएको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा धारणा राख्दै सो पार्टीका नेता राजेन्द्र पाण्डेले न्यौपानेको पक्षमा मतदान गर्ने बताएका हुन् । ‘म आज यो आधा आकाशको प्रतिनिधित्व गर्ने ईश्वरीदेवी न्यौपानेलाई सभामुख पदमा निर्वाचित गरियोस् र सबै माननीय सदस्यको पनि मत रहोस भन्न चाहान्छु’, पाण्डेले न्यौपानेको पक्षमा मत माग्दै भने ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार