केशव खनालको नेतृत्वमा इलाम उद्योग व्यवसायी महासंघ

शनिबार, २७ माघ २०८०
इलाम / इलाम नेपाल उद्योग तथा व्यवसायी महासङ्घको दोस्रो अधिवेशनबाट केशव खनालको नेतृत्वमा नयाँ कार्य कमिटी चयन भएको छ । २९ सदस्यीय कमिटीको उपाध्यक्ष द्वयमा रोशन श्रेष्ठ र तुलसा खत्री चयन भएका छन् । सचिवमा महेश सापकोटा चयन भएका छन् । सहसचिवमा तीन जना अर्जुन खनाल, मौतराज राई र दिनेश खनाल रहेका छन् । कोषाध्यक्षमा पम्फा बराइली चुनिएको बताइएको छ । सह कोषाध्यक्ष पछि चयन गरिने जनाइएको छ । सदस्यमा मनोज सुवेदी, सारू मगर र गङ्गा पाठक उप्रेतीलगायत चयन भएको जनाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार