पाँचथरको मिक्लाजुङ गाउँपालिकाले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने

सोमबार, २९ माघ २०८०
काठमाडौं । पाँचथरको मिक्लाजुङ गाउँपालिकाले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने भएको छ । गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले सूचना जारी गर्दै जनयुद्ध दिवसका अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाएका हुन् । गाउँपालिकाले जारी गरेको सूचनामा फागुन १ गते गाउँपालिका मातहत रहेका सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थाहरुमा बिदा हुने उल्लेख छ । अध्यक्ष माखिम नेकपा माओवादी केन्द्रबाट दोस्रो पटक गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार