५० लाख नेपाली रुपैयाँ ब्लडमनी नदिए कार्यान्वयन हुनेश्रेष्ठ २०७४ सालमा रोजगारीका लागि दुबई पुगेका थिए । उनी बसेको कोठामा झगडा हुँदा छुट्ट्याउने क्रममा आले मगरलाई गम्भीर चोट लागेको थियो । त्यसपछि उनैले अस्पताल लैजाँदै थिए । तर, बाटैमा साथीको मृत्यु भएपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । ‘त्यहाँ साथी साथीबीच झगडा भएको रहेछ, त्यो देखेपछि मेरो भाइ छुट्याउन गएका रहेछन्, तर आले मगरको मृत्यु भएपछि फिंगरिङ गर्दा मेरो भाइलाई फसाइयो,’ उनका दाइ दिनेशकुमार श्रेष्ठले भने । भाइ जेल परेको ५ वर्ष भइसकेको र अहिले मृत्युदण्ड कुरिरहेको दाइ दिनेशकुमारले बताए । ‘अहिले पीडित परिवारले ५० लाख रुपैयाँ ब्लडमनीबापत मागिरहेको छ, सो पैसा दिनसके भाइको ज्यान जोगिन्छ भनिएको छ, नदिए मृत्युदण्ड दिन लगाउने भनेको छ,’ उनले भने । आफूले कन्सुलर विभाग पुगेर भाइ दोषी नरहेको भन्दै फैसलाको पुनरावेदनका लागि पहल गरिदिनसमेत विभागलाई अनुरोध गर्दै निवेदन दिएको दिनेशकुमारले बताए । तर, भाइको जीवनरक्षाका लागि पहल गरिदिन आग्रह गरेको भए पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको उनले बताए । अहिले आफन्त, नातागोता र देश–विदेशमा रहने सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई भाइलाई मृत्युदण्डबाट जोगाउन ब्लडमनी संकलन कार्य थालिएको उनले बताए । ‘यो घटना ५ वर्षपहिलेको हो तर केही दिनअघि दुबईको अदालतले उनलाई मृत्युदण्ड फैसला सुनाएको रहेछ,’ घनश्यामले राजधानीसँग भने, ‘साथीलाई अस्पताल लैजाने क्रममा मृत्यु भएको र त्यस कारणले उनी फसेको भन्ने जानकारी आएको छ, हामी पीडित परिवारसँग डिल गरेर भुवन बचाउ अभियान सञ्चालन गर्ने तयारीमा छौं ।’ मृतकका मामाका अनुसार त्यतिबेला परिवारले १ लाख ५० हजार दिराम अर्थात् करिब ४९ लाख नेपाली रुपैयाँ ब्लडमनी मागेको र त्यो दिए मृत्युदण्डको सजायबाट माफी पाएर नेपाल फर्कन पाउने बताए । घनश्यामका अनुसार, ब्लडमनीबापतको पैसा नबुझाए अबको केही महिनामै मृत्युदण्डको सजाय कार्यान्वयन हुनेछ । विभिन्न आरोपमा यूएईमा धेरै नेपाली कामदार जेल जीवन बिताइरहेका छन् भने केही नेपालीलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।
प्रतिक्रिया