पूर्व प्रधानमन्त्री खनालद्वारा बहु प्राविधिक शिक्षालयको उद्घाटन हुने

बुधबार, ०९ फागुन २०८०
इलाम / इलाममा निर्माण भएको रत्नकुमार बान्तवा बहु प्राविधिक शिक्षालयको उद्घाटन हुने भएको छ । निर्माण सम्पन्न भएर पनि कक्षा सञ्चालन भएको लामो समयपछि शिक्षालयको उद्घाटन हुने भएको हो । इलाम नगरपालिका–१, साखेजुङमा शिक्षालय निर्माण भएको छ । फागुन १० अर्थात् बिहीबार उद्घाटन गर्ने कार्यक्रम तय भएको बताइएको छ । पूर्व प्रधानमन्त्री खनालले जन्मथलो साखेजुङमा ५६ रोपनी जमिन उपलब्ध गराएपछि शिक्षालय निर्माण भएर प्राविधिक विषय पढाइ हुन सुरु भएको हो । हाल यहाँ विभिन्न प्राविधिक धारको अध्ययन भइरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार