फिदिम नगरपालिकाको अभिभावकत्वमा ४० बालबालिका

शनिबार, १२ फागुन २०८०
पाँचथर/ फिदिम नगरपालिकाले अभिभावकविहीन ४० बालबालिकाको अभिभावकत्व लिएको छ । आवाससहित उनीहरूलाई निःशुल्क शिक्षा प्रदान गरिरहेको छ । नगरपालिकाले कोष स्थापना गरेर अभिभावकविहीन बालबालिकालाई निःशुल्क आवास र शिक्षा उपलब्ध गराइरहेको जनाइएको छ ।
नगरपालिकाको वडा नं ४ स्थित जागृति आधारभूत विद्यालयमा अभिभावकविहीन ४० जना विद्यार्थीलाई शिक्षा प्रदान गरिरहेको नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले बताए ।
उनका अनुसार बालिकालाई किताब, कापी, कपडा, खानाको व्यवस्था गरिएको छ । उनीहरूको लागि सुविधा सम्पन्न आवासको समेत व्यवस्था गरिएको उनको भनाई छ ।
ऐले कक्षा ८ सम्मका बालबालिकाको सम्पूर्ण जिम्मेवारी लिएको नगरप्रमुख काफ्लेको भनाई छ । उनले बिस्तारै माध्यमिक तहसम्म उनीहरूलाई निःशुल्क अध्ययनको व्यवस्था गर्न लागेको बताए ।
अति विपन्न परिवारका अभिभावक भएका बालबालिका, सडक बालबालिका तथा अभिभावकविहीन बालबालिकालाई पालिकाले आवाससहितको शिक्षा प्रदान गरिरहेको बताइएको छ ।
सङ्घीय सशर्त अनुदानबाट पालिकामा सुस्त मनस्थिति भएका बालबालिकाका लागि विद्यालय स्थापना गर्ने योजना समेत रहेको बताइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार