रित्तो कोखको व्यथा : सन्तानको अभिलाषामा ‘अपराध’

शनिबार, १९ फागुन २०८०
काठमाडौँ-‘जीवनमा मातृत्वभन्दा बढी महत्त्वपूर्ण अन्य कुनै भूमिका छैन।’ चार महिनाअघि निधन भएका अमेरिकी धार्मिक नेता एल्डर एम रसेल बलार्डको भनाइ हो यो। एक पुरुष धार्मिक नेताले यसरी शब्दमा उतारेको मातृत्वको भूमिकालाई स्वयं महिलाले कसरी लिन्छन्र? सायद यो प्रश्नको उत्तर हुन सक्छिन्, २४ वर्षीया मनकुमारी सिंह १ उनी सन्तान प्राप्तिको अभिलाषाले यतिसम्म व्याकुल बनिन् कि के सही के गलत भन्ने छुट्याउन नसक्ने अवस्थामा पुगिन्। आफ्नै कोखबाट सन्तान जन्माउने प्रयास पटकपटक असफल भएपछि उनी सम्हालिन सकिनन्। धैर्यको बाँध टुटेपछि अर्कैको शिशु चोरिन्, जुन गम्भीर भूल भयो। यही अभिलाषाले उनलाई प्रहरी थुनामा पुर्‍याएको छ। उनी एक सातादेखि सिंहदरबारस्थित प्रहरी वृत्तको हिरासतमा छिन्। यसरी भयो शिशु चोरी यही फागुन ११ गते राजधानीमा अस्पतालबाटै शिशु चोरी भयो। यो विषयलाई अनलाइन सञ्चारमाध्यमले विभिन्न तरिकाले सम्प्रेषण गरे। प्रहरी अनुसन्धानमा जुट्यो। अस्पतालदेखि चोकचोकसम्मका सिसिटिभी फुटेज खोतलखातल पारिए। अनुसन्धान गर्ने प्रहरी, समाचार लेख्ने सञ्चारमाध्यम र ती समाचार पढ्ने सबैले लख काटे, मानव तस्कर गिरोहको काम हुन सक्छ यो१ काभ्रेको चौंरीदेउराली गाउँपालिका–३ स्थायी घर भई काठमाडौं कपनमा बस्दै आएकी २२ वर्षीया सविना श्रेष्ठकी २६ दिनकी छोरी चोरिएकी थिइन्। छोरीको स्वास्थ्यमा समस्या देखिएपछि श्रेष्ठ त्यो दिन थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पताल पुगेकी थिइन्। अस्पतालमा सिंह पनि थिइन्। सिंहले ती शिशुलाई देखेपछि केही माया दर्साइन्। उनले सहयोगको बहानामा शिशु काखमा लिइन्। श्रेष्ठ केहीबेर बाहिर निस्किएको मौका छोपेर सिंह शिशु लिएर भागिन्। प्रहरीले सिसिटिभी फुटेज रेकर्ड पछ्याउँदै जाँदा काँडाघारीस्थित आफ्नै कोठामा सुत्केरीजस्तै बसेको अवस्थामा चोरिएको शिशुसहित सिंहलाई फेला पार्‍यो। तेस्रोपटक गर्भपात सामान्य परिवारमा जन्मिएकी सिंह र दैलेख नौमुले गाउँपालिका–१ का नरेन्द्र मल्लबीच २०७७ मंसिरमा प्रेम विवाह भएको थियो। मल्ल विवाहअघि नै नेपाली सेनामा कार्यरत थिए। विवाहपछि सिंह दैलेखस्थित घरमै थिइन्। मल्लका अनुसार २०७८ सालमा पहिलो पटक उनकी पत्नीले गर्भ बोकिन्। ‘गर्भमा बच्चा बस्दा उनी खुसी भइन्, म पनि हुने नै भएँ। तर केही समयपछि म घर जाँदा उनको रक्तश्राव भएको देखें,’ मल्ल भन्छन्, ‘त्यही बेला गर्भ खसेको रहेछ। गर्भ झन्डै चार महिनाको थियो।’ आफूले त्यतिबेला धेरै चिन्ता नलिन भनेर सम्झाएको मल्ल बताउँछन्। लगत्तै मल्ल जागिरमा निस्किए। केही समयको अन्तरमा मल्लले आफ्नो दरबन्दी रहेकै ठाउँमा पत्नीलाई ल्याएर केही महिना सँगै राखे। त्यसपछि गत वर्षको माघमा पत्नीलाई काठमाडौं ल्याएर काँडाघारी कोठामा राखे। कोठानजिकै सिंहकी दिदी शारदा शाही पनि बस्थिन्। शाहीका अनुसार त्यो बेला पनि बहिनी गर्भवती थिइन्। ‘त्यो गर्भ पनि केही समयमा खस्यो। दुई पटक गर्भ बिग्रिएपछि बहिनी अलि चिन्तित देखिन्थिन्,’ शाहीले भनिन्। सिंहले दुईपटक गर्भ खेर गएको चिन्ता आफन्तलाई नदेखाए पनि भित्रभित्रै उनी कुँडिएकी थिइन्। यसैक्रममा उनले गोठाटार क्षेत्रमा बस्ने ‘पाथीभरा माता’ नामकी एक महिला सन्तान नभएकालई हुने बनाइदिने भन्दै ‘टिकटक लाइभ’मा देखा परिन्। ‘बहिनीले टिकटकमा मातासँग कुरा गरिछन्। माताले मलाई भेट्न आउनु, म झारफुक गर्दिन्छु, बुटी दिन्छु अनि सन्तान भइहाल्छ भनेकी रहिछन्। पहिलो पटक भेट्न जाँदा म पनि सँगै गएकी थिएँ,’ शाहीले भनिन्। बहिनीको सन्तान हुन्छ भने जाँदा के होला भनेर गएको उनी सुनाउँछिन्। ती मातासँग पहिलो भेट गत वैशाखमा भएको थियो। त्यसपछि बहिनीसँग आफू दुई÷तीनपल्ट मातासँग गएको उनले सुनाइन्। ती माताले बहिनीको हातमा बुटी बाँधिदिएको, औषधि खान दिएको र आफूलाई खुसी पारे सन्तान हुने आश्वासन दिएको शाहीले बताइन्। ‘खुसी पार्न सुन दिनुपर्ने भनेपछि बहिनीले रिङ र मंगलसूत्र दिन्छु भनिछन्। माताले त्यो होइन, मलाई काँचो सुनबाट बनेको छड्के तिलहरी देऊ भनेकी रहिछन्,’ शाहीले भनिन्। शाहीका अनुसार त्यसपछि बहिनीले रिङ र मंगलसूत्र मासेर एक लाख जुटाइन् र पतिबाट थप २५ हजार रूपैयाँ मागेर एक तोलाको छड्के तिलहरी बनाएर मातालाई दिइन्। संयोग मातासँग भेटेपछि सिंहको गर्भ बस्यो। यो गत जेठको कुरा हो। शाहीले भनिन्, ‘बहिनी धेरै खुसी भइन्। यो कुरा उनले ज्वाइँ ९बहिनीका पति मल्ल० र घरपरिवार सबैलाई भनिछन्।’ गर्भ बसेपछि बहिनीले प्रत्येक महिना दुई पटक मातालाई भेट्ने गरेको शाहीले सुनाइन्। बहिनीले माताले भनेअनुसारको अनुशासन पालना गरेको पनि शाहीले बताइन्। तर यसपटक पनि गर्भ खस्यो। शाहीका अनुसार गर्भ खसेको जानकारी बहिनीले कसैलाई थाहा दिइनन्। शाहीले भनिन्, ‘त्यो दिन ९फागुन ११ गते० एकाएक बच्चासहित बहिनी कोठामा आएको थाहा भयो। हामीले गर्भवती भएको देखेकाले बच्चा जन्मियो होला भन्ने ठान्यौं।’ सँगै अस्पताल गएका पति मल्लले पनि आफूलाई खबर नगरीकन सिधै कोठामा गएको भनेर चित्त दुखाएका थिए। एकाएक प्रहरी कोठामा आउँदा आफूहरू चकित परेको शाहीले सुनाइन्। ‘एकाएक प्रहरी आए। ज्वाइँ र मलाई पनि पक्राउ गरे। उसको त गर्भ पहिले नै खसिसकेको रहेछ। अर्कैको बच्चा चोरेको प्रहरीले भनेपछि मात्रै हामीले थाहा पायौं,’ उनले भनिन्। बच्चा चोरीमा संलग्नता नदेखेपछि पक्राउ गरेको दोस्रो दिनमै प्रहरीले मल्ल र शाहीलाई छाडिदियो। सिंहको भने निरन्तर रक्तश्राव भइरहेकाले प्रहरीले थुनामा कम अस्पतालमा बढी समय राख्नुपरेको छ। ‘अस्पताल नै ज्यादा लैजानुपरेको छ। पूर्ण रूपमा निको नभईकन बयान लिन सकिएको छैन,’ जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक ९एसपी० नवराज अधिकारीले भने। घरपरिवार पनि सिंहले बच्चा चोरेका कारण स्तब्ध छ। ‘उनले ९पत्नीले० केही भन्दै भनिनन्, गर्भ खसेको कुरा भनेको भए वा मनमा भएको कुरा भनेको भए केही न केही उपाय त निस्किन्थ्यो होला,’ मल्लले भने। माताको चक्करमा लाग्दा तेस्रो गर्भ पनि खेर गएको दिदी शाही बताउँछिन्। ‘माताको चक्करमा नपर्न मैले भनेकी त हुँ तर कडाइ गर्न सकिनँ,’ उनले भनिन्, ‘कम्तीमा चिकित्सककहाँ गएर नियमित गर्भजाँच गराएको भए, आइरन चक्की खाएको भए गर्भ खेर जाने थिएन कि। आफ्नै बच्चा भएको भएको भए यस्तो घटना हुने थिएन।’ आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार