विराटनगर : नेकपा (एमाले) मोरङको १० औं जिल्ला अधिवेशनअन्तर्गत जारी मतगणनामा हालसम्मको मतपरिणाम अनुसार इतर पक्षको अग्रता बढ्दै गइरहेको छ ।
पार्टी कार्यालय पाञ्चालीमा बिहीबार दिउँसोदेखि जारी मतगणनाको पछिल्लो विवरण अनुसार इतर पक्षको प्यानल नै अगाडि छ ।
इतर पक्षका उम्मेदवारको अग्रता झन् बढिरहेको छ । खसेको ८ सय ८८ मतमध्ये हालसम्म ४ सय ३८ मतगणना भइसकेको छ । जसमा अध्यक्षका उम्मेदवार अजम्बर राई प्रतिस्पर्धी राजनकुमार ओझाभन्दा २३ मतको अगाडि छन् । इतर पक्षका राईले २ सय २५ मत ल्याउँदा संस्थापन पक्षका ओझाले २ सय २ मत पाएका छन् ।
उपाध्यक्षमा इतर पक्षका सागर थापाले २ सय २८ मत पाउँदा संस्थापनतर्फका शान्तिकुमारी लिम्बू भुजेलले १ सय ८६ मत पाएकी छन् । सचिवमा इतर पक्षका सोमराज थापाले २ सय ३० मत पाउँदा संस्थापन पक्षका रविन थापाले १ सय ८० मत ल्याएका छन् ।
उपसचिवमा इतर पक्षका सन्तोष वान्तवाले २ सय ३९ मत पाउँदा संस्थापनका ईजालाल राजवंशीले १ सय ६३ मत ल्याएका छन् ।
उपसचिवमै इतर पक्षका उषा झाले २ सय ८ मत ल्याउँदा संस्थापन पक्षका शिल्पा निराला कार्कीले २ सय ४ मत पाएकी छन् । एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि बुधबार मतदान भएको थियो ।
प्रतिक्रिया