बेवारिसे बालबालिकाको आश्रयस्थलमा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

शुक्रबार, २३ फागुन २०८१
काठमाडौं : काठमाडौंको शंकरापुर नगरपालिका–६ सलम्बुटारस्थित बेवारिसे बालबालिकाको आश्रयस्थलमा टिपर छिर्दा  ३ जनाको मृत्यु भएको छ। आज बिहान ३:४० बजे बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भई आश्रयस्थलको टहराभित्र छिरेपछि दुई बालबालिका र एक वृद्धको ज्यान गएको छ। द्वन्द्वपीडित तथा अपांग समाज नेपाल (सीभीडीएस) ले सञ्चालन गर्दै आएको आश्रयस्थलमा ६१ जना आश्रित रहेकोमा दुर्घटना भएको टहरामा १० जना बस्दै आएका थिए। सिन्धुपाल्चोकका २५ वर्षीय सागर माझीले चलाएको टिपरलाई बौद्ध प्रहरीले नियन्त्रणमा लिएको छ। डोजरको सहायताले टिपर हटाइएको छ भने घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार