आठ वटा जलविद्युत् कम्पनीको सामान विराटनगर भन्सार कार्यालयमा रोकियो

शनिबार, १९ फागुन २०८०
मोरङ / विराटनगर भन्सार कार्यालयले आठ वटा जलविद्युत् कम्पनीको करोडौँ रुपैयाँको सामान रोकिदिएको छ । आठ वटा जलविद्युत् आयोजनाले आयात गरेका १३ करोड ९४ लाख ९६ हजार रुपैयाँ बराबरका सामान गएको बुधवारदेखि विराटनगर एकीकृत भन्सारमा रोकिएका स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पान का अध्यक्ष गणेश कार्कीले जानकारी दिए । आरती पावर, रिभर फल्स पावर, माविलुङ इनर्जी, एलसी इनर्जी, सुपर हेवा पावर, मेवा डेभलपर्स, सानभी इनर्जी र हिमपर्वत हाइड्रोपावर कम्पनीको सामान भन्सारमा रोकिएका उनले बताए । भारतबाट आयात भएका जलविद्युत् आयोजना निर्माणमा प्रयोग हुने पेन स्टक पाइप, हाइड्रो तथा इलेक्ट्रो मेकानिकल सम्बन्धी उपकरण तथा निर्माणमा प्रयोग हुने अन्य उपकरण भन्सारमा नै रोकिएका छन् । जलविद्युत् आयोजना वा त्यसका ठेकेदारले मात्र आयोजनासँग सम्बन्धित सामान ल्याएमा मात्रै भन्सार पास गर्ने व्यवस्था रहेको तर अहिले विभिन्न कम्पनीका नाममा सामान आएकाले समस्या भएको भन्सारले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार