दैलेखबाट एकीकृत समाजवादीका थापा र कांग्रेसका शाही निर्वाचित

विहीबार, ०८ मंसिर २०७९
दैलेखबाट एकीकृत समाजवादीका अम्मरबहादुर थापा र नेपाली कांग्रेसका दिक्पाल कुमार शाही प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । थापा क्षेत्र नम्बर १ बाट र शाही २ बाट सांसद पदमा विजयी भएका हुन् ।
थापाले नेकपा एमालेका उम्मेदवार रविन्द्रराज शर्मालाई ८४९ मत अन्तरले हराए । थापाले १८ हजार २५६ मत पाउँदा शर्माको पक्षमा १७ हजार ४०७ मत पर्यो । राप्रपाकी महामन्त्री कुन्तीकुमारी शाही ४ हजार ६०२ मतसहित तेस्रो भइन् ।
यसैगरी दैलेख क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दिक्पालकुमार शाही निर्वाचित भए । नेकपा एमालेका लक्ष्मीकुमार पोख्रेललाई १५३ मतान्तरले हराउँदै शाही सांसद चुनिएका हुन् ।
सत्ता गठबन्धनका साझा उम्मेदवार शाहीले २० हजार १५८ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पोख्रेलले २० हजार ५ मत पाए । नेपाल मजदुर किसान पार्टी ९नेमकिपा०का केशेन्द्र कार्कीले ३ हजार ८३, राष्ट्रिय स्वतन्त्र पार्टीका बखत भण्डारीले ७१३ र राप्रपाका लोकेन्द्रराज गिरीले ४८९ मत पाए ।
४७ हजार १९४ मत खसेको यो क्षेत्रमा २ हजार ७४६ मत बदर भएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार