काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्यले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
नयाँ बानेश्वरस्थित संसद् भवनमा आयोजित समारोहमा राष्ट्रिय सभाका उपाध्यक्ष उर्मीला अर्यालले नवनिर्वाचित सदस्यलाई शपथ दिलाएकी हुन्। समारोहमा उपाध्यक्ष अर्यालले नयाँ सदस्यलाई सभाको प्रतीक चिह्न लगाएकी थिइन्।
राष्ट्रिय सभा सदस्यका १९ पदका लागि गत माघ ११ गते निर्वाचन भएको थियो। ६ वर्षअघि निर्वाचित राष्ट्रिय सभा सदस्यको फागुन २० मा पदावधि सकिएको थियो।
राष्ट्रियसभाका एक तिहाई सदस्यको पदावधि हरेक दुई वर्षमा सकिन्छ । यसरी रिक्त हुने पदका लागि हरेक दुई वर्षमा चुनाव पनि हुन्छ । निवर्तमान राष्ट्रियसभा अध्यक्ष गणेश तिम्सिनाको समेत पदावधि सकिएको थियो ।
यि हुन् शपथ लिने नवनिर्वाचित सदस्यहरू
कृष्णप्रसाद सिटौला, रुकामणि कोइराला, आनन्दप्रसाद ढुङ्गाना, पूजा चौधरी, विष्णुकुमारी पुडासैनी, जितजंग बस्नेत, श्रीकृष्ण अधिकारी, घनश्याम रिजाल, पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ, मनरुपा शर्मा, विष्णुकुमारी सापकोटा, झक्कु सुवेदी, कृष्णबहादुर रोकाया, सावित्री मल्ल, विष्णुबहादुर विश्वकर्मा, बलदेव बोहरा, नारायणदत्त भट्ट र रेणु चन्द रहेका छन् ।
प्रतिक्रिया