मोरङबाट प्रदेशसभामा कांग्रेसका अमृत अर्याल निर्वाचित

विहीबार, ०८ मंसिर २०७९
मोरङ क्षेत्र नम्बर ५ को प्रदेशसभा २ मा नेपाली कांग्रेसका अमृत अर्याल निर्वाचित भएका छन् । उनले प्रदेश १ का स्वास्थ्यमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका उम्मेदवार जयराज यादवलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।
अर्यालले १६ हजार १०२ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी यादवले १० हजार ८२४ मत ल्याए । २०७४ सालको निर्वाचनमा यादव क्षेत्र नम्बर ५ को २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुँदा अर्याल क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्रका नेता शिवकुमार मण्डलसँग पराजित भएका थिए ।
२०७० सालको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा मोरङ ५ बाट अर्याल निर्वाचित भएका थिए । उनले त्यस समय जसपा अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्य चुनिएका थिए । यसपटक पनि अर्याललाई प्रतिनिधिसभा सदस्यको दाबेदारका रुपमा हेरिएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार