झापामा शिवको मूर्ति निस्किएपछी हेर्न आउनेको घुइँचो...

शुक्रबार, २५ फागुन २०८०
झापा – झापाको बिर्तामोड नगरपालिका १ सिरिजङ्घा चोक नजिकै जमिन फोडिएर शिवको मूर्ति प्रकट भएको भनिएपछि हेर्न आउनेको भिड लागेको छ । स्थानीय मुना आचार्यको घरमा रहेको मन्दिरमा आज शुक्रवार बिहान करिब ३ बजे ठुलो आवाज आएपछि आएर हेर्दा शिवको मूर्ति प्रकट भएको फेला परेको बताइएको छ । स्थानीयवासीहरु माझ माता भनेर परिचित आचार्यले शुक्रवार साँझ प्रदेश खबरको टोली पुग्दा लाख बत्ती बालेको अवस्थामा शिव ताण्डव देखाउँदै गर्दा मुखबाट शालिग्राम निकालेको र पुन सो शालिग्राम निलेको दृश्य देखिएको थियो । स्थानीय गोपाल अधिकारीले भने, “हामी पनि चकित छौ, यो के भएको हो ?  बिहानै हल्ला सुनेर हेर्न आयौ, बिहान हेर्दा मूर्तिको केही भाग मात्रै निस्किएको थियो हेर्दाहेर्दै अर्ध कदको मूर्ति निस्कियो । हामी त चकितै भयौ । म आफैले पनि दुई पटक त चमत्कारै जस्तो देखे ।” माताको मन्दिरमा शिवको मूर्ति प्रकट भएको थाहा पाएपछि अहिले बिर्तामोड, दमक, इटहरीबाट समेत सर्वसाधारण भेला भएका छन् । कतिपयले माताले छलछाम गरेको हुन सक्ने भनेर आशङ्का व्यक्त गरेको पाइएपछि माता भनिएकी आचार्यसँग बुझ्दा उनले आफू बालखै हुँदा भारतमा एक बाबाजी प्रकट भएको र उनै बाबाजीलाई भेटेपछि एक हप्तासम्म आफू बेहोस भएको र पछि थाहा पाउँदा आफूले मात्रै ती बाबाजीलाई देखेको तर अरू कसैले नदेखेको भनेपछि आफ पनि चकित भएको आचार्यले बताइन । विवाह गरेर दुई सन्तानकी आमा समेत बनेकी  आचार्यलाई तिन वर्ष अघि पुन आफू बालखै हुँदा भेटेको बाबाजीसँग साक्षात्कार भएको र त्यसपछि आफूलाई अर्कै रूपमा पाएको प्रदेश खबरलाई बताईन । केही महिना अघि नागले आफूलाई बेरेको बताउँदै आचार्यले आजै (शुक्रवार) मध्यरातमा झापाको धनुषकोटी धाममा आफूलाई भगवान् शिवले बोलाएको र आफूलाई भगवानले घडा वरदान दिने भनेर दाबी समेत गरिन । उक्त घडा प्राप्त गरेको प्रत्यक्ष हेर्न सकिने आचार्यले बताइन । उक्त दृश्य हेर्न कनकाई नगरपालिका स्थित धनुषकोटी धाम जानका लागि अहिले सर्वसाधारणको बाक्लो उपस्थिति रहेको छ । केहिबेरमा आचार्यसहित अन्य सर्बसाधारणपनि सो स्थान तर्फ जाने भएका छन् । यस विषयको वास्तविकता बुझ्न यति बेला प्रदेश खबरको टोली मूर्ति प्रकट भएको भनिएको स्थानमै छ । यस्तै, हाम्रो टिम पनि तिनै माता भनिएकी आचार्यसँगै धनुषकोटी धाम जानेछ भने यस विषयको थप फलो अप गर्दै जाने समस्त पाठकहरूलाई जानकारी पनि गराउन चाहन्छौं । नोट - माता भनिएकी मुना आचार्यसँग हामीले कुराकानी र अन्य सम्पुर्ण  भिडियोहरु प्रदेश खबरसँग सुरक्षित रहेको छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार