इलाम २ मा हुन लागेको उप निर्वाचनमा पहिचानवादीले आफ्नै उम्मेदवार बनाउने

शनिबार, २६ फागुन २०८०
इलाम फागुन /  इलाममा हुन लागेको उप निर्वाचनमा किरात याक्थुम चुम्लुङले पहिचानवादी उम्मेद्धारलाई सघाउने भएको छ । किरात याक्थुङ चुम्लुङको २५ औँ राष्ट्रिय भेलाले सो निर्णय गरेको हो ।
आज पत्रकार सम्मेलन गर्दै चुम्लुङले सो जानकारी गराएको छ ।
यस अघि नै पहिचान पक्षधरले डकेन्द्रसिंह थेगिमलाई उम्मेदवार बनाउने निर्णय भइसकेको छ ।
उनै उम्मेद्धारलाई सहयोग गर्ने बताइएको छ ।
साझा उम्मेद्धारलाई जिताउन पहिचान पक्षधरलाई आग्रह समेत गरेको छ । फागुन २४ र २५ गते भएको भेलाले ३० बुँदे प्रस्ताव समेत पारित गरेको संस्थाका सङ्घीय अध्यक्ष प्रेम येक्तेनले जानकारी दिए ।
प्रदेश नम्वर एकको नाम एक पक्षीय भएकाले सच्याइनु पर्ने, पवित्र तीर्थस्थल ताप्लेजुङ पाथीभरामा निर्माण गर्न लागिएको केबुलकार निर्माण योजना तत्काल खारेज गरिनुपर्ने निर्णय भएको छ ।
त्यस्तै विभिन्न ठाउँमा धार्मिक मठमन्दिर निर्माण गरिँदै गरिएकाले धार्मिक साम्प्रदायिक खलबल नहुने गरी निर्माण हुनु पर्ने, याक्थुङ। लिम्बु राष्ट्रिय गान निर्माण, कियाचु - साकेला, केवाफुङ सङ्गीत पुरस्कार वितरण गरिने बताइएको छ ।
साथै दुई दिने राष्ट्रिय भेला समापन गर्न सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद समेत व्यक्त गरिएको छ ।
फागुन २४ र २५ गते भएको भलामा विभिन्न निर्णय समेत भएको जनाइएको छ । साथै विभिन्न क्षेत्रबाट आएका कलाकारहरूले च्याब्रुङ तथा ढोल प्रस्तुत गरेको कियाचुका केन्द्रीय उपाध्यक्ष डा कमल तिगेलाले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार