इलाम - इलामको क्षेत्र २ नम्बर दुईमा हुन लागेको निर्वाचनमा उम्मेदवार बन्न नेकपा एमालेले आवेदन माग गरेको छ । जसका लागि हालसम्ममा एमालेका ६ जनाले निवेदन दिएका छन् ।
आकांक्षी बुझ्न समेत निवेदन माग गरिएको बताइएको छ । एमालेले जिल्लामा उम्मेदवार छनौट समिति बनाएको थियो । सो समितिले आकांक्षीलाई आइतबार साँझसम्मको समय दिएको थियो ।
यो समाचार तयार पार्दासम्म छ जनाले उम्मेदवारी दिएको बताइएको छ । नेकपा एमालेका उपसचिव रवीन्द्र सुवेदीका अनुसार आफैँले पनि आकांक्षा देखाएकाले निवेदन दिएको बताए । उनका अनुसार देवी क्षेत्री दुलाल, नरेन्द्रनाथ भट्टराई, बुद्धिप्रसाद खनाल, रिपल राई र स्वर्गीय सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङले निवेदन दिएका छन् ।
खनाल जिल्ला सचिवालय सदस्य तथा माई नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष तथा एमालेको इलाम २ नम्बर क्षेत्रीय संयोजक हुन् ।
दुलाल एमालेको जिल्ला सचिवालय सदस्य र रिपल राई कोसी प्रदेश समिति सदस्य हुन् । नरेन्द्र भट्टराई नेकपा कार्यकालको समयका केन्द्रीय सदस्य बनेका थिए ।
आजसम्म परेका निवेदनमा सर्वसम्मत बनाउन पहल गर्ने नेकपा उमालेका जिल्ला सचिव उमेश गुरुङले जानकारी दिए ।उनका अनुसार सोमबार बैठक बस्ने र थप काम अगाडी बढाउने बताए । जिल्लाबाट सहमति जुटाउन नसके आगामी चैत्र ३ गते जिल्लाको सचिवालय बैठक बस्ने र चैत्र पाँच सम्ममा केन्द्रीय समितिमा नाम पठाउने बताइएको छ ।
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गएको भदौ २६ गते मृत्यु भएको थियो । नेम्वाङ विजयी भएको इलाम दुईमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचन आगामी वैशाख १५ गते हुने भएको छ ।
प्रतिक्रिया