काठमाडौँ : मिस टुरिजम नेपालको उपाधि जित्न सफल भएकी इटहरीकी रबिना बराइलीलाई टप युनिभर्सल एकेडेमीले सम्मान गरेको छ । एकेडेमीको कार्यालय धरानमा एक कार्यक्रमका बिच बराइलीलाई सम्मानपत्र द्वारा संस्थाका प्रबन्ध निर्देशक प्रकाश लकान्द्रिले खँदा ओढाएर सम्मानपत्रले सम्मान गरेका हुन ।
निर्देशक लकान्द्रिले बराइलीलाई अन्तर्राष्ट्रिय उपाधि समेत जितेर ल्याउन शुभकामना दिएका थिए । लकान्द्रिले विद्यार्थीले यसरी उपाधि जितेर आउँदा अत्यन्तै हर्षित भएको अनुभव सुनाए ।
काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा सञ्चालन भएको मिस टुरिजम नेपाल २०२४ को फाइनल प्रतिस्पर्धामा बराइलीले मिस टुरिजम नेपालको ताज पहिरन सफल भएकी थिइन ।
इटहरी ५ निवासी बराइलीले देशभरिबाट अनलाइन अडिसनमार्फत छनोट भएकी थिइन । उपाधि संगै बराइलीले एक लाख नगद,म्युजिक भिडियो खेल्ने अवसर,नेपाल भरि भ्रमण गर्ने अवसर साथै आगामी नोभेम्बरमा मलेसियामा हुने मिस टुरिजम इन्टरनेशनलमा समेत नेपालको प्रनिनिधित्व गर्दै सहभागिता जनाउछिन ।
यसैबिच उपाधि हासिल गरेर आएकी बराइलीलाई इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलले समेत शुभकामना तथा बधाई दिएका छन् । प्रतियोगितामा बिजेता तथा उपबिजेताहरुलाई आरके इन्टरटेन्मेन्ट ग्रुपका अध्यक्ष राम केसीले विजेतालाई नगद तथा पुरस्कार वितरण गरेका थिए ।
मिस टुरिजम नेपालको ग्राण्ड फिनाले प्रतियोगितामा नरिना थापा मगरले मिस टुरिजम हेरिटेज, निकिता गौतमले मिस टुरिजम ब्युटी अफ द इयर तथा सोनु वर्देवाले मिस टुरिजम मेट्रोपोलिटनको उपाधि जितेका थिइन । चारै जना विजेताले मलेसियामा हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
प्रतियोगिताको कोरियोग्राफी एवं सञ्चालन फेसन कोरियोग्राफर तथा सञ्चारकर्मी रोजिन शाक्यले गरेका हुन् । प्रतियोगितामा रिया सेन्चुरी फोटोजेनिक र मिस टुरिजम कोशी, निशा बुढाथोकीले मिस टुरिजम लुम्बिनी, स्मृति थापाले मिस टुरिजम सुदूरपश्चिम, दीपिका न्यौपानेले मिस टुरिजम बागमती, कल्पना महतोले वेस्ट वाक र मिस टुरिजम मधेस, प्रियंशा राई मिस टुरिजम पपुलर डिस्ट्रिक्ट, नरिना थापा मगरले मल्टिमिडिया, सोनु वर्देवाले मिस इन्टिलेक्चुयल तथा रविना बराइलीले मिस ट्यालेन्टको अवार्ड जितेका थिए ।
प्रतिक्रिया